आइपी निष्कासन गरेका पाँच लाइफ इन्स्योरेन्स कम्पनीहरु को वित्तीय बिबरण - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Post Top Ad

Your ads

Monday, August 30, 2021

आइपी निष्कासन गरेका पाँच लाइफ इन्स्योरेन्स कम्पनीहरु को वित्तीय बिबरण

 


 

आइपी निष्कासन गरेका पाँच लाइफ इन्स्योरेन्स कम्पनीहरु को वित्तीय बिबरण




 

यूनियन लाइफ, ज्योति लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनि ले  जनतालाई आईपीओ निस्काशन गरी सकेका छन् 

 पाँच कम्पनीहरुले आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासको ( १२ महिनाको ) वित्तीय विवरण सार्वजनिक गरेका छन्  पाँच नयाँ तर आइपीओ निस्काशन गरिसकेका जीवन बीमा कम्पनीहरु को  तुलनात्मक अध्ययन

चुक्ता पूँजीको आधारमा : 
यूनियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १५ करोड छ भने ज्योतिको २ अर्ब २० करोड , रिलायन्सको २ अर्ब १० करोड छ भने प्रभु लाइफको २ अर्ब चुक्ता पुँजी रहेको छ।  चौथो  त्रैमासको विवरण अनुसार सानिमा लाइफको चुक्ता पुँजी १ अर्ब ४० करोड रहे पनि कम्पनीले ६० करोडको आईपीओ निस्काशन गरिसकेको अवस्थामा कम्पनीको पुँजी  २ अर्ब पुग्ने छ।

जगेडा कोषको आधारमा


जगेडा कोषमा यूनियन लाइफ अघि छ । यूनियन लाइफको जगेडा कोषमा ७६ करोड ८८ लाख संचित छ भने रिलायन्स लाइफको जगेडामा सबै भन्दा थोरै २० करोड ५२ लाख रहेको छ

 

जीवन बीमा कोषको आधारमा


जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा यूनियन लाइफ अघि छ । यूनियन लाइफको जीवन बीमा कोषमा ७ अर्ब ६५ करोड छ भने थोरैमा प्रभु लाइफको जीवन बीमा कोषमा १ अर्ब ९४ करोड रुपैयाँ संचित छ ।

 

बीमा शुल्क आर्जन रकमको आधारमा


१२ महिनाको अवधिमा यूनियन लाइफले ६ अर्ब ५८ करोड खुद बीमा शुल्क आर्जन गरको छ भने सबै भन्दा थोरे प्रभु लाइफले १ अर्ब ४० करोड खुद बीमा शुल्क आर्जन गरको छ ।

 

खुद नाफाको आधारमा


खुद नाफाको आधारमा प्रभु लाइफ अघि छ । यो १२  महिनाको अवधिमा प्रभु लाइफले १७ करोड ०६ लाख खुद नाफा गरेको छ भने सबै भन्दा थोरै रिलायन्स लाइफ इन्स्योरेन्सले ७ करोड १ लाख खुद नाफा गरेको छ ।

प्रभु लाइफको प्रति शेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा छ भने रिलायन्स लाइफको सबै भन्दा थोरै प्रति शेयर आम्दानी ३ रुपैयाँ ३४ पैसा छ।

प्रति सेयर आम्दानी आधारमा

प्रति सेयर आम्दानी को आधारमा मा  प्रभु लाइफ अघि छ । प्रभु को प्रति सेयर आम्दानी रु ८.५३ छ भने सबै भन्दा कम प्रति शेयर आम्दानी रिलायन्स लाइफको छ उसको प्रति शेयर आम्दानी रु ३ रुपैयाँ ३४ पैसा 



Post Bottom Ad

Banner here contact

Pages