महिला र जीवन विकास लघुवित्त संस्थामा १ हजार लागिन गरेका सर्वसाधारण ५० हजार रुपैयाँ भन्दा धेरै कमाई गरे - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Post Top Ad

Your ads

Sunday, August 29, 2021

महिला र जीवन विकास लघुवित्त संस्थामा १ हजार लागिन गरेका सर्वसाधारण ५० हजार रुपैयाँ भन्दा धेरै कमाई गरे

 महिला र जीवन विकास लघुवित्त संस्थामा १ हजार  लागिन गरेका सर्वसाधारण ५० हजार रुपैयाँ भन्दा धेरै कमाई गरे




पछिल्लो समय प्राथमिक शेयर निष्काशन गरेका दुई लघुवित्त वित्तीय संस्थाका सर्वसाधारण शेयरधनीहरुले एक महिनाकै अन्तरालमा एक हजार लगानी गरेर ५० हजार रुपैयाँ भन्दा धेरै कमाइ गरे । जीवन विकास लघुवित्त वित्तीय संस्थाका सर्वसाधारण समुहका शेयरधनीहरुले एक महिनामा ५१ हजार ९८० रुपैयाँ कमाइ सकेका छन् । विगत १९ कारोबार दिनमा लगातार सर्किट लाग्ने क्रममा संस्थाको बजार मूल्य ५१९८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै गत माघमा प्राथमिक शेयर निष्काशन गरेको महिला लघुवित्तका शेयरधनीहरुले पनि एक हजार रुपैयाँ लगानी गरेर ५७ हजार ४९० रुपैयाँसम्म कमाए । लगातार सर्किट लाग्ने क्रममा महिलाको पनि बजार मूल्य ५७४९ रुपैयाँ पुगेको थियो । अहिले संस्थाको बजार मूल्य ४९५० रुपैयाँ रहेको छ ।

१९ कारोबार दिनमा जीवन विकास लघुवित्तको ४७ हजार १२३ कित्ता शेयर खरिद बिक्री भैइसकेको छ । यस अवधिमा ४५६७ पटक कारोबार भएको छ । केहि म्युचुअल फण्डले ठुलो संख्यामा शेयर बिक्री गरेका छन् भने बाँकी सबै प्राथमिक शेयरधनीहरुले बिक्री गरेका छन् । बिहीबार मात्रै ३९ हजार ८६ कित्ता शेयर खरिद बिक्री भयो । त्यस भन्दा अगाडि खासै कारोबार हुन सकेको थिएन ।

महिला लघुवित्त र जीवन विकासलाई तुलनात्मक रुपमा हेर्ने हो भने महिलाको तुलनामा जीवन विकासको शेयर सप्लाइ धेरे छ । दोस्रो बजारलाई सबैभन्दा धेरै शेयर सप्लाइले असर गर्छ । वित्तीय सूचकमा जीवन विकास धेरै अगाडि छ । कर्जा लगानी तथा निक्षेपमा सबैभन्दा राम्रो जीवन विकासलाई पूँजीको आवस्यकता परिसकेको हुनाले राम्रो बोनस शेयर वितरण गर्न सक्नेछ तर नेपाल राष्ट्र बैंकका कारण यसै वर्ष संस्थाले धेरै नै लाभांस दिन सक्दैन । तर आगामी वर्षमा संस्थाले राम्रो लाभांस दिन सक्छ ।

दुई संस्थाको तुलनात्मक विश्लेषण

महिलाको चुक्ता पूँजी १० करोड छ भने जीवन विकासको ६० करोड ८४ लाख रुपैयाँ छ । जसमा जीवन विकासको सर्वसाधारण शेयरधनीको हिस्सा ३२.५० प्रतिशत छ भने महिलाको ४० प्रतिशत छ । अर्को तर्फ दुबैको जगेडा कोष पूँजी भन्दा दोब्बर बढि छ । जीवन विकासको प्रतिशेयर आम्दानी ११३ रुपैयाँ छ भने महिलाको ९२ रुपैयाँ छ ।

Post Bottom Ad

Banner here contact

Pages