राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दे - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Post Top Ad

Your ads

Saturday, August 28, 2021

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दे

 राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दे 



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएकाे हाे ।यसकाे पूरानाे पेईडअप क्यापिटल १७ कराेड ५० लाख रुपैयाँ रहेकाे छ छ ।

आईपीओ निष्कासनपछि यसकाे पेईडअप क्यापिटल २६ कराेड पुग्ने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले जनाएकाे छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले इस्यु म्यानेजरकाे रुपमा एनआईबीएल एसीई क्यापिटललाई नियुक्त गरेकाे छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति कित्ता १०० का दर आईपीओ निष्काशन गर्ने जनाएकाे छ । यसकाे पछिल्लाे ईपीएस २८ रुपैयाँ ३३ पैसाँ रहेकाे छ । त्यसैगरी यसकाे नेटवर्थ भने १६८ रुपैयाँ ७६ पैँसा रहेकाे छ ।

यसकाे अर्थ हामीले १६८ रुपैयाँकाे सेयर केबल १०० रुपैयाँमा मात्रै पाउनेछाैँ । यसकाे खराब कर्जा केबल १ रुपैयाँ २१ पैँसा रहेकाे छ । अरु सबै लघुवित्तसँग तुलना गर्दा यसकाे खराब कर्जा एकदमै कम हाे ।

आईपीओ निष्कासनका लागि इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई (इक्रा–आईआर) बीबी रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने नियकाहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले यसै बर्षकाे असारकाे २४ गते नेपाल धिताेपत्र बाेर्ड अर्थात सेबनमा वित्तिय बिबरणहरु बुझाएकाे छ । 

Post Bottom Ad

Banner here contact

Pages